विद्यार्थी नेताहरूसँग गौतमले भन्नुभयो : ‘केपी ओली दुई नम्बरको ब्रम्हज्ञानी’

विद्यार्थी नेताहरूसँग गौतमले भन्नुभयो : ‘केपी ओली दुई नम्बरको ब्रम्हज्ञानी’

नेकपाभित्रको पछिल्लो भाँडभैलो र रडाकोको वास्तविकता बुझ्न अनेरास्ववियुका नेताहरू बिहीबार बिहान ११ बजेतिर उपाध्यक्ष वामदेव गौतमको निवास भैँसेपाटी पुगेका थिए । अखिल सह-संयोजक रञ्जित तामाङ नेतृत्वको टोली दश सदस्यीय थियो । भेटमा गौतम लामो कुराकानी नगरी छोटो मीठो तरिकाले प्रस्तुत हुनुभएको बताइन्छ ।

‘घाँटी दुखेर बिसञ्चो भएकाले आज म तपाईंहरूसँग डिटेल कुराकानी गर्न सक्दिँन है ?’ भन्नुभएका गौतमले प्रधानमन्त्रीको प्रसंग निकाल्दै भनाई राख्नुभयो । सारमा चाँहि उहाँले ‘अब केपी कमरेडले मुलुकमा एक नम्बरको ब्रम्हज्ञानी गुगल ब्वाई आदित्य दाहाल र दुई नम्बरमा चाँहि आफू नै हो भनेझैँ गर्न थाल्नुभएको’  उल्लेख गर्नुभएको थियो ।

‘तपाईंहरूलाई के लाग्छ कुन्नि ! अचेल उहाँ आफूबाहेक अरुलाई मान्छे नै गन्नुहुन्न । अहिलेको सबै समस्या उहाँले नै गर्दा आएको हो’ भन्दै गौतमले बिस्तारै थप्नुभयो ‘अस्ति असारमा पनि ठूलै समस्या आइसकेको थियो । एउटा कार्यदल बनाएर त्यसपछि छ बुँदे सहमतिमा टुङ्ग्याइयो भनेको त अब फेरि समस्या बल्झियो  । उहाँ (प्रधानमन्त्री) छलफलको लागि समेत तयार हुनुहुन्न । उहाँसँग दम्भ र घमण्ड भरिएको छ ।’

ओलीको संसद बिघटन र छ महिनापछि मध्यावधि निर्वाचन गर्नेमै जोड छ ।’

उहाँको पहिलेदेखिकै बानी त्यस्तै हो भन्दै गौतमले फ्याट्ट भन्नुभयो ‘अचम्म नमान्नुहोला पार्टीलाई उहाँले एक ढंगले फुटाइसक्नुभयो । त्यसैले अझैपनि यसलाई एउटै पार्टी कसरी बनाउने ? कसरी एकतालाई जोगाउने भन्ने कुरामा म निरन्तर लागिरहेको छु । तपाईंहरूलाई पनि थाहै छ सचिवालयमा रहेका पाँचजना साथीहरूमध्ये पनि म अलि फरक ढंगले सोच्ने मान्छे हुँ । पहिले पनि मैले अलि फरक ढंगले सोचेर नै कार्यदलसम्म बनाएर पार्टीलाई जोगाउँदै भदौ २६ सम्म ल्याएको थिएँ । अब भने यो त्यति सजिलो देखिएको छैन । वास्तवमा ओलीजीको शैलि नै ठीक छैन ।’

विद्यार्थी नेताहरूले सोधे ‘प्रधानमन्त्रीको कुरो र चुरोचाँहि के होला त कमरेड      ?’ ‘सीधा भनौं तपाईंहरूलाई ?’ गौतमले थप्नुभयो ‘ओलीको संसद बिघटन र छ महिनापछि मध्यावधि निर्वाचन गर्नेमै जोड छ ।’ तर,मध्यावधिमा जाँदा काँग्रेसले कुनै घोषणापत्र नै बनाउन नपर्ने अवस्था देखिएको उपाध्यक्षको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ ‘काँग्रेसले यस्तो अवस्थामा निर्वाचनको पासा फालेमा ओली र प्रचण्डको प्रतिवेदनलाई नै घोषणा पत्रसरह वितरण गरेर जनताले अब पनि नेकपालाई किन भोट दिने ?  हिजो किन भोट दिइएको ?  किन जिताएको ?  र जितेर ओली र प्रचण्डहरूले के गर्नुभयो ?  भनेर प्रचार गर्दा आफूहरूलाई मसला पुग्ने ठानेको छ । उनीहरूले अरु थप केही गर्नुपर्दैन ।’

एकता पनि जोगाउने र ओलीजीलाई समेत दुबै जिम्मेवारीबाट ठीक साइजमा ल्याउने कुरामा आफूहरू लागेको गौतमले बताउनुभएको थियो ।

त्यस्तो असहज अवस्थामा एकता पनि जोगाउने र ओलीजीलाई समेत दुबै जिम्मेवारीबाट ठीक साइजमा ल्याउने कुरामा आफूहरू लागेको गौतमले बताउनुभएको थियो । अखिलका नेताहरूलाई निर्देशन दिँदै उहाँले ‘तपाईंहरूले (विद्यार्थी संगठन) पनि सोहीबमोजिम एकता जोगाउने र पार्टीको विधि र पद्धतिलाई बोकेर अघि बढ्ने गरी लाग्नुहोला । ओलीजीको वरिपरि ऐन महरको टोली मण्डले विद्यार्थीजस्तै गतिविधि गर्दैछन् । तपाईंहरूले चाँहि असली अनेरास्ववियुको भूमिका निभाउँदै अग्रगमन,परिवर्तन, न्याय, समानता, वामपन्थी, जनतान्त्रिक, प्रगतिशील विद्यार्थीहरूको हकहित र अधिकारको पक्षमा लड्नुहोला । सत्ताको ताबेदारी होइन,रचनात्मक आलोचना र प्रतिपक्षीय भूमिका निर्वाह गर्दै सडक बाघ बन्नुहोला’ भन्नुभएको थियो ।

उहाँको थप निर्देशन थियो ‘तपाईंहरूले कदापि पहिलो गतिबिधि नगर्नुहोस् । उनीहरूले देशभरि गतिबिधि गरेका छन् भने त्यसलाई खबरदारी गर्दै तयारीसहित टिम बनाएर जानुस् । अहिले पार्टीमा जुन समीकरण छ,त्यसैअनुसार अघि बढ्नुस् ।’

नेकपाको समस्या समाधान हुने विश्वासका साथ गौतमले अखिल टोलीसँग भन्नुभयो ‘अध्यक्ष ओलीमा बैठकमा नै नजाने,छलफलमा भाग नलिने र आफूबाहेक अरु कोही पनि केही पनि होइनन् भन्ने दम्भ अलि बढेको छ । हुन तः त्यो पहिलेदेखिको चरित्र हो तर त्यसरी हुँदैन । उहाँ बैठकमा अनुपस्थित भएर पनि समस्या समाधान हुँदैन । बैठकमा कुनैपनि हालतमा ल्याइन्छ र उहाँ आउनुपर्छ ।’

टिप्पणीहरू