राजावादीहरू दक्षिणकालीदेखि माइतीघरसम्म
२०७२ सालकाे संविधान खारेज गरौं, नागरिक सरकार स्थापना गर्न एकजुट हौं,नागरिकतन्त्रसहितकाे राजसंस्था स्थापना गरौं जस्ता १७ मागसहित बुदे माग सहित वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने नेतृत्वमा करिब १३ सय जनाकाे कार्यक्रम शुरु भएकाे छ ।
जसमा शेखरजंग रायमाझी (पुनरु त्थानवादी समाजका अध्यक्ष,अधिवक्ता सुरेन्द्र भण्डारी नेपालका लागि नेपालीका संयाेजक सुरेन्द्र भण्डारी,
श्याम थापा (राष्ट्रिय नागरिक अान्दोलन समितिका सचिव,
चन्द्रबहादुर रामदामलगायत सहभागी छन् ।
उनीहरुले सरकार,तेराे पाराले दु:ख पाए साराले,हिन्दू राज्य कायम गर,गणतन्त्र धाेका हाे,०७२ सालकाे संविधान खारेज गर,अबकाे निकास नागरिक सरकार,भष्टचार अन्त्य गर,Mcc खारेज गर,मेचीकाली के भन्छ नागरिक सरकार ले भन्छ
जस्ता नारा लगाएका छन् ।
माइतिघरबाट बाजागाजासहित बानेश्वर पुगी काेणसभा गर्ने तयारी छ ।
उता आजै बिहान हिन्दू राष्ट्र नेपाल र राजसंस्था पुनःस्थापनाको माग गर्दै दक्षिण भेगीय नेपाली नागरिक समाजको आयोजनामा राष्ट्रवादी नागरिक समाज नेपालले दक्षिणकाली नगरपालिकामा जुलुश निकालेको छ । नगरपालिकाको ७ नं. वडा कार्यालय अघिल्तिरबाट निकालिएको र्याली खहरेमा पुगेर समापन भएको थियो ।
दिपेन्द्र स्थापितको अगुवाईमा भएको उक्त र्यालीमा हिन्दु रास्ट्र कायम गर,राजतन्त्र जिन्दावाद,जय जय काली जय जय गोर्खा गरिदेऊ हाम्रो सिंहासन खाली,गणतन्त्र मूर्दावाद,२०४७ को संविधान कायम गर,नारायणहिटी खाली गर हाम्रो राजा आउँदै छ,मेची-काली के भन्छ राजतन्त्र ले भन्छ,छोटे राजा होसियारको नारा लगाइएको थियो ।
टिप्पणीहरू