लीलामणिले आँखा सन्काउँदा उलटफेर
नेपाल बार एशोसिएसनबाट न्यायपरिषद्मा प्रतिनिधित्व गर्ने सदस्य पदका लागि मतदानबाट वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठ सिफारिस भई पदबहालीसमेत गरिसकेका छन् । चार बर्षे कार्यकालका लागि यो पदमा जान प्रगतिशील पक्षधरबीचमै रस्साकस्सी परेपछि सर्वसम्मत निर्णय हुन सकेन । ३३ आकांक्षीमध्ये अरुले रामप्रसाद श्रेष्ठलाई छाड्न तयार भए पनि महेश नेपालले तयार भएनन् ।
गोप्य मतदान हुँदै थियो । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठ तटस्थ बसे भने एकजना सदस्य अनुपस्थित थिए । यस्तो अवस्थामा श्रेष्ठ र नेपालको मत दश दश हुने अवस्था आयो । भोटको तयारी हुँदै गर्दा बार महासचिव लीलामणिले आफूतिरका एकजना उपाध्यक्ष र सदस्यलाई श्रेष्ठतिर मतदान गर्न आँखा सन्काए । अन्ततः डिएलएका उनै तीन भोट श्रेष्ठका लागि सञ्जिवनी बन्यो । २५ जनाको कार्यसमितिमा श्रेष्ठले १३ मत ल्याए भने नेपालले १० मत पाए । श्रेष्ठलाई पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले मत दिए । नेपाललाई प्रधानमन्त्री केपी ओली पक्षधर बारपदाधिकारी र सदस्यले भोट हाले ।
यसरी ७१ वर्षीय पाको उमेरका श्रेष्ठ बालबाल परिषद् सदस्य बन्न सफल भए । दुबै बराबरीको स्थितिमा डिएलएतर्फबाट बार महासचिव बनेका लीलामणि पौडेल, उपाध्यक्ष सुशीलकुमार श्रेष्ठ र सदस्य मनोज चौधरीले श्रेष्ठलाई मत खसालेपछि अन्ततः तीन मत बढी पाएर श्रेष्ठ पार लागेका हुन् । बार अध्यक्षमा हरिकृष्ण कार्की रहेका बेला पाँच वर्षअघि पनि श्रेष्ठ मतदानकै माध्यमबाट दुई महिना परिषद् सदस्य बनेका हुन् ।
त्यो बेला पनि श्रेष्ठ लोकतन्त्रबादी समूहका वरिष्ठ अधिवक्ता बाबुराजा जोशीलाई तीन मतले पछि पार्दै परिषद् सदस्य बनेका थिए । जबकि नेृपाल बारमा लोकतन्त्रबादी समूहको बहुमत थियो ।
टिप्पणीहरू