प्रधानमन्त्रीका आफन्त बित्नाले…

हिजोको क्याबिनेट बैठक शुरु हुनै लाग्दा प्रधानमन्त्री केपी शर्मा ओलीको घरतर्फीकी ठूली आमा बितेको खबर आएपछि बैठक आजसम्मको लागि स्थगित भएको छ । क्याबिनेट बैठकको लागि सबैजसो मन्त्री उपस्थित भइसकेको अवस्थामा प्रधानमन्त्रीले बैठक कक्षमा प्रवेश गरेर आफ्नी ठूली आमा बित्नुभएको खबर सुनाएपछि मन्त्रीहरूले ‘हार्दिक समवेदना’ भनेका थिए । बैठकमा सेनाभित्रको बढुवालगायत आधा दर्जन एजेण्डा थिए ।

उता आज बिहान ११:३० बजे प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा शुरु हुने भनिएको नेपाल नगरपालिका संघको सातौं राष्ट्रिय अधिवेशन (भर्चुअल) मा पनि प्रधानमन्त्री ठूली आमाको शोकको कारण सहभागी नहुने बुझिएको छ । कार्यक्रममा अर्थमन्त्री तथा नेकपा महासचिव विष्णु पौडेलको भने सहभागिता रहने जनाइएको छ ।

टिप्पणीहरू