भ्रष्टाचारीलाई एकै ठाउँमा पोल्ने प्रस्ताव
सधैँका शाकाहारी र देखिँदाका शालिन हाकिम । तर, उनैले जब पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमले दर्जनौं जिउँदा मान्छेलाई रौतहटको भट्टामा पोलेर मारेझैँ भ्रष्टाचारी र देशलुटाहालाई ग्याँस च्याम्बरमा हाल्नुपर्ने कुरा राख्छन्, तब सबै जिब्रो टोकेर ‘खुइयऽऽ’ गर्ने अवस्थामा पुग्नु अस्वभाविक हुँदैन । ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चीन सरकारबाट प्राप्त दुईसहित त्यहीँबाट खरिद गरिएका चार जहाजको भविष्यबारे अर्थ र पर्यटन मन्त्रालयका हाकिमहरु अघिल्लो सोमबार दिउँसो बसेर छलफल गरिरहेका थिए । समस्या कस्तो भने, ती जहाजको उडान गरे ९० प्रतिशत घाटा, ग्राउण्डेड गरौँ १० प्रतिशत पार्किङ शुल्क तिर्ने सास्ती । यस्तो जटिलता फुकाउन के गर्ने ? स्वाभाविक हो, सम्बन्धित मन्त्रालयका सचिवलाई तातो लाग्छ नै । पर्यटन सचिव यादव कोइरालाले फ्याट्टै जवाफ दिइहाले, यस्तो निर्णयमा सामेल हुने सबैलाई ‘ग्याँस च्याम्बरमा राखेर सिध्याइ दिऊँ, जहाजलाई स्क्रयाप (कवाडी) गरौं । टण्टै साफ !’
नेपालमा ती जहाज उचाइ र तापक्रमका कारण मिल्दो भएन भनेर विदेशीलाई बेच्न सकिने विकल्प आएपछि पर्यटन सचिव केही बोलेनन् । कस्तो भने, अरु विदेशी कम्पनीको एयर बसलाई चराले हान्यो भने दुई दिनमै सामान आइपुग्छ । तर, चीनका प्राविधिकले यस्ता कुरामा वास्ता गर्दैनन् । त्यसमाथि उताका विमानको वीमा र अक्सिजनको मूल्य भारी छ । यसरी ६ वटा चिनियाँ जहाज निरन्तर ग्राउण्डेड हुँदा नेपाल वायुसेवा निगमले करारमा काम लगाएका स्वदेशी र विदेशी पाइलट बिदा गरिएका छन् । नेवानिका स्थायी पाइलटलाई अरु अप्रेसनमा खटाइएको छ । ती ६ वटा जहाजमा अर्बौंको लगानी छ ।
टिप्पणीहरू