लम्बोदरलाई सर्वोच्चबाटै सकस
आफूलाई पूर्वाग्रही र गैरकानुनी थुनामा राखिएको बताउँदै नेपाल इञ्जिनियरिङ कलेजका तत्कालीन अध्यक्ष लम्बोदरकुमार न्यौपानेका छोरा मंसिर १९ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दिए । तर, सर्वोच्चले सोमबार थुनामुक्त गर्नुपर्ने माग अस्वीकार गरेपछि प्रहरीलाई थुनामै राखेर छानबिन अगाडि बढाउन थप सहज भएको छ ।
न्यौपानेको बन्दीप्रत्यक्षीकरण रिटमा मीरा खड्काको एकल इजलासले कारण देखाऊ आदेश मात्र जारी ग¥यो । न्यौपाने तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको विवादमा मुछिएका थिए ।
रामेछाप जिल्ला, मन्थली नगरपालिका–८ का न्यौपाने काठमाडौंको चण्डोलमा बस्दै आएका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले चण्डोलस्थित निवासबाटै पक्राउ गरेको हो । न्यौपाने नेपाल इञ्जिनियरिङ कलेजमा ०५६ असार १८ देखि ०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र ०७० मंसिर २३ देखि ०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष बनेका थिए ।
न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको भिडिओ सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा चलेको भ्रष्टाचार मुद्दा विचाराधीन छ । घुस प्रकरणपछि तत्कालीन आयुक्त पाठकले विशेष अदालतमा तारिख खेपिरहेका छन् । यता, न्यौपानेमाथि ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप छ । उनीसँगै अन्य चार जना कलेजका तत्कालीन सञ्चालकसमेत ठगीमा मुछिएका छन् ।
टिप्पणीहरू