सर्वोच्च बारमा घम्साघम्सी
सर्वोच्च बारको आगामी पुस ४ गते हुने चुनावमा वामपन्थी उम्मेदवारको रूपमा अध्यक्षमा रविनारायण खनाललाई उठाइएको छ । यसअघि शिव रिजाल पनि प्रमुख दावेदार देखिएका थिए । काँग्रेसको तर्फबाट भने पूर्णमान शाक्य उम्मेदवार हुने सम्भावना बलियो देखिन्छ ।
कूल छ सयको हाराहारीमा रहेका भोटर्समध्ये प्रजातान्त्रिकको तर्फबाट ४० जना स्पष्टसँग बढी देखिन्छन् । सर्वोच्च बारको विशेषता भनेकै ३० प्रतिशत मतदाताले व्यावसायिक (प्रोफेसनल) उम्मेदवार रोज्ने भएकाले त्यसैले को निर्वाचित हुन्छ भन्ने कुरोको निधो हुने गरेको छ । उनीहरूले वामपन्थी र प्रजातान्त्रिक भन्दापनि व्यक्तिलाई हेरेर मतदान गर्ने गरेको पाइन्छ । त्यसैले उम्मेदवार गतिलो भयो भने जसले पनि बारको चुनाव जित्न सकिने कानुन व्यवसायीहरू बताउँछन् ।
अहिलेसम्मको ट्रेण्ड हेर्दा सर्वोच्चमा एकपटक प्रजातान्त्रिक उम्मेदवारले जितेपछि अर्को पटक वामपन्थीले पालैपालो जित्ने गरेको पाइन्छ । नेपाल बारको कार्यकाल तीन वर्षको हुन्छ भने सर्वोच्चको दुई वर्षे रहेको छ ।
उता, ललितपुर जिल्ला बारमा सँधै वामपन्थी त्यसमा पनि माओवादीनिकट मतदाताको पकड रहँदै आएको छ । उच्च अदालत, ललितपुरमा भने पूर्व एमाले र काठमाडौं जिल्ला बारमा तुलनात्मक रूपमा प्रजातान्त्रिक समूहको बर्चश्व बढी देखिन्छ । सर्वोच्चमा चाँहि प्रोफेसनल उम्मेदवार छान्ने चलन भएकाले काँग्रेसनिकट मतदाताको संख्या अधिक हुँदाहुँदै पनि गतिलो उम्मेदवार भएको खण्डमा अरुले समेत जित्ने गरेको विगत छ ।
टिप्पणीहरू