काँग्रेस र नेविसंघ जुर्मुराउन थाले
सरकारको सर्वसत्तावादी प्रवृत्ति, कोभिड–१९ नियन्त्रणमा असफलता,स्वास्थ्य सामग्री खरिदमा अनियमितता र कुशासनबिरुद्ध नेपाली काँग्रेस, रामेछापले आगामी सोमबार सदरमुकाम मन्थलीमा र्याली तथा सभाको आयोजना गर्ने भएको छ ।
उता काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समितिले उपकुलपतिलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयमा भएको कम्युनिष्टकरणलगायत विद्यार्थी हकहितको पक्षमा शैक्षिक प्राज्ञिक मागहरूसहितको सन्दर्भमा लगाइएको ताला अदालतको आदेशको नाममा प्रशासनको दुरूपयोग गरी फोडेको आरोप लगाएको छ । साथै उसले विश्वविद्यालयमा दलीयकरण भएको,आस्थाको आधारमा प्राध्यापक, कर्मचारी र विद्यार्थीप्रति विश्वविद्यालयभित्र भइरहेका विभेदपूर्ण व्यवहारबाट प्राध्यापक, कर्मचारी एवम् विद्यार्थीहरू चिन्तित रहेको बताएको छ ।
यसैबीच त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको सांघातिक आक्रमणको बिरुद्ध विश्वविद्यालयका न्यायप्रेमी विद्यार्थीहरूले कीर्तिपुरमा बिरोध प्रदर्शन गरेका छन् ।
भिडियो
टिप्पणीहरू