कोरोनाले लग्यो कमरेडलाई

कोरोनाले लग्यो कमरेडलाई

नेकपाका केन्द्रीय सदस्य,काभ्रेली पूर्व सांसद तथा दक्षिण कोरियाका लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको आज सबेरै निधन भएको छ । केही समयदेखि अस्वस्थ लामा थप उपचारको लागि सिउलस्थित सेभेरेन्स अस्पतालमा जाने क्रममा थिए । त्यसको लागि आवश्यक भीसा र कोरिया पुगेपछि क्वारेण्टिनमा बस्ने प्रबन्धसमेत मिलाइएको बताइन्छ ।

त्यहि सिलसिलाको लागि गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसपछि लामाको उपचारको लागि कोरिया जाने योजना तत्कालको लागि रोकिएर यहिँ उपचार भइरहेको थियो । उनी सन् २०१२ देखि २०१६ सम्म दक्षिण कोरियाको लागि राजदूत थिए ।

टिप्पणीहरू