भेटघाटको लागि को- कहाँ दौडिए ?
सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमाझ साँझ पाँच बजे बालुवाटारमा बैठक बसालेर साँझ ७ बजे बालुवाटारबाट निस्कनुभएका प्रधानमन्त्री सोझै शीतल निवास पुगेर अबेर मात्र निस्कनुभएको छ ।
अस्ति बेलुका प्रधानमन्त्रीले प्रमुख सचेतक देव गुरुङ्गलाई हटाउने जानकारी दिएको सन्दर्भमा हिजो बिहान नारायणकाजी श्रेष्ठ, मन्त्रीद्वय वर्षमान पुन र शक्ति बस्नेत एवम् स्थायी समिति सदस्य जनार्दन शर्मालगायत माओवादी कित्ताका पुरानो सहयोध्दाहरुसङ्ग प्रचण्डले भेट गर्नुभएको थियो ।
दिउँसो भने अध्यादेश जारी भएपछि सो को प्रतिक्रिया बुझ्न प्रधानमन्त्रीले संसदीय दलका उपनेता सुवास नेम्वाङ्गलाई खुमलटार पठाउनुभयो । क्याबिनेटमा छलफल नगरी अध्यादेश आएकोबारे रिपोर्टिङ गर्न त्यसपछि बल्ल उर्जा मन्त्री वर्षमान पुन फेरि अध्यक्ष प्रचण्डकोमा पुग्नुभएको हो ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग हिजै चिनियाँ राजदूत हौ यान्छीले शिष्टाचार भेटवार्ता गर्नुभएबाट निकट भविष्यमै उत्तरी सहयोग आउन लागेको बताइन्छ ।
टिप्पणीहरू