‘छानबिन शुरु भैसक्यो’ : सुजाता
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको जिपी कोइराला फाउण्डेशनको अमेरिकास्थित कार्यालयका संयोजक सोमनाथ घिमिरे दलाई लामाले नोबल शान्ति पुरस्कार प्राप्त गरेको ३१ औं वर्षगाँठको अवसरमा न्यूयोर्कमा आयोजित समारोहमा सहभागी भएको भन्दै स्पष्टीकरण मागिएको छ ।
घिमिरे प्रवासी तिब्बतीहरूले आयोजना गरेको दलाइ लामासम्बन्धी कार्यक्रममा फाउण्डेशनको तर्फबाट सहभागी भएको समाचार र तस्बिर जनआस्था डट कमले प्रकाशित गरेपछि अध्यक्ष सुजाता कोइरालाले उक्त समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै सो कुरा बताउनुभएको हो ।
सुजाताले भन्नुभएको छ ‘फाउण्डेशन एक गैर नाफामूलक संस्था भएको र नेपालको प्रचलित कानुनबमोजिम सञ्चालन भएको संस्था हो । साथै,फाउण्डेशन नेपालको परराष्ट्र सम्बन्ध तथा नेपालले अंगिकार गर्दै आएको एक चीन नीतिप्रति सँधै प्रतिबद्ध रहेको कुरासमेत स्पष्ट गर्न चाहन्छौं ।’
टिप्पणीहरू