नेकपा नेताहरू संसदको अधिवेशन बोलाउन शीतल निवास पुगे : प्रधानमन्त्रीको अनुपस्थितिमै स्थायी समिति बैठक शुरु
नेपाली राजनीति झन नयाँ र जटिल मोडमा पुगेको छ ।
बर्षे अधिवेशन चल्दाचल्दै सभामुखको जानकारीबेगर सरकारको यौटा चिठीका भरमा छ महिनाअगाडि रास्ट्रपतिद्वारा हठात स्थगित सँसदको हिउँदे अधिवेशन बोलाउने प्रयत्न शुरु भएको छ ।
यसै प्रयोजनका निम्ति नेकपा स्थायी समिति सदस्यद्वय भीम रावल र पम्फा भुसाल शीतल निवास पुग्नुभएको छ तर त्यहाँका सचिव डा.हरि पौडेल भने मोबाइल बन्द गरेर आधा घण्टादेखि सम्पर्कबिहिन हुनुभएको बताइन्छ ।
यता बालुवाटारस्थित प्रधानमन्त्रीको च्याम्बरमा दुई अध्यक्षवीच गर्मागर्म बहस बिना निस्कर्श टुङ्गिएर स्थायी समिति बैठक शुरु भएको छ ।
स्थायी समिति सदस्यद्वय भीम रावल र पम्फा भुसाल शीतल निवास पुग्नुभएको छ तर त्यहाँका सचिव डा.हरि पौडेल भने मोबाइल बन्द गरेर आधा घण्टादेखि सम्पर्कबिहिन हुनुभएको बताइन्छ ।
प्रचण्डसहित पाँच भाइ सचिवालय सदस्यद्वारा प्रस्तुत प्रस्ताव फिर्ता नलिएसम्म आफू पार्टीको कुनै पनि बैठकमा सामेल नहुने प्रधानमन्त्रीको अडान जारी छ । उहाँको अनुपस्थितिमा स्थायी समिति बैठक शुरु भएको छ ।
यसवीच सरकारले अकस्मात् ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न नेपाली काङ्ग्रेसको पदाधिकारी बैठक बूढानिलकण्ठमा शुरु भएको छ जसमा सभापति शेरबहादुर देउवा, महामन्त्री पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, डा.रामशरण महत, प्रकाशमान सिंह, उपसभापतिद्वय बिमलेन्द्र निधि, कोषाध्यक्ष सीतादेवी यादव, विश्वप्रकाश शर्मा, गोपालमान श्रेष्ठ, बिजयकुमार गच्छेदार, सुनिल थापा र रमेश लेखकलगायत २० जना उपस्थित हुनुहुन्छ ।
टिप्पणीहरू