सगरमाथाको उचाइ

सगरमाथाको उचाइ

सगरमाथाको उचाइ ८० सेन्टिमिटर जति बढेको देखेर नेपालीहरू अत्यन्त खुशी भएका छन् । यसबारे हल्लाखल्ला प्रशस्तै भएको देखियो । यसमा किन यति धेरै हल्ला भएको हो त्यो भने थाहा भएन । बढ्नु के ठूलो कुरा हो र ? देशमा महँगी हरेक दिनै बढिरहेको छ । त्यसमा कसैलाई गर्व छैन । बलात्कार दिनदिनै बढिरहेको छ । त्यसमा पनि कसैलाई गर्व छैन । अपराध त झन् बढेको बढ्यै छ । भोकमरी बढिरहेको छ । गरिबी बढिरहेको छ । चोरी बढिरहेको छ । यस्तो बेला पनि कोरोना त झनै बढिरहेको छ । तर ख्वै, यसमा फेरि कसैले चासो दिएको देखिँदैन ।

सगरमाथामो उचाई ८० सेन्टिमिटर बढेर के पो हुन्छ र नुवाकोटको सिसडोलमा हेर्न जानुस् न फोहोरको पहाड हरेक दिन मिटरका मिटर बढिरहेको हुन्छ । सगरमाथा भन्दा पनि फोहोरको त्यो पहाड चढ्न गा¥हो छ । तर खै, यसको पनि त्यति चर्चा भएको देखिँदैन ।

यदि लिस्ट हेर्ने हो भने बढेका कुराहरू अझ धेरै छन् । तर पनि चर्चाचाहिँ सगरमाथा बढेकोमा मात्रै किन हुन्छ हँ ?

टिप्पणीहरू