वामदेवलाई गृहमन्त्रीको चास्नी

वामदेवलाई गृहमन्त्रीको चास्नी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई चुनावी सरकारको उपप्रधान तथा गृहमन्त्री अफर गर्नुभएको बुझिएको छ । आज सँसद विघटनको सिफारिसलगत्तै शीतल निवास जाने क्रममा प्रधानमन्त्रीले फोनमार्फत यस्तो अफर गरेपछि संसद विघटनको कदमलाई पर्ख र हेरको रूपमा प्रतिक्रिया जनाउनुभएको छ । एकाध दिनभित्र दोश्रो वरियतामा उपप्रधानमन्त्रीसहित उहाँलाई गृहमन्त्रालय दिइने बालुवाटार स्रोतले बताएको छ ।

प्रधानमन्त्रीले आज बिहानको फोनवार्तामा ‘तपाईंलाचु नाव जिताएर प्रधानमन्त्री बनाउनैका लागि आफूले संसद विघटन गरेको बताउँदै विगतमा तपाईंको क्षमता प्रदर्शन भइसकेकाले आगामी निर्वाचनको लागि उपप्रधानसहित गृहमन्त्रीमा योग्य रहेको देखेको छु । आजको कदमको बिरोध नगर्नुस् है’ भनेपछि गौतमको ‘टोन’ परिवर्तन भएको बताइन्छ । वामदेवलाई गृहमन्त्रीको प्रस्ताव गएपछि नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अवस्था भने ‘डेन्जर जोन’ मा पुगेको छ ।

संसद विघटनको सिफारिशलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नै आगामी चुनावसम्म कामचलाउ हैसियतमा रहने छ । चुनाव कहिले हुन्छ भनेर कसैले पनि भन्न नसकिरहेको अवस्थामा एकाध महिना आनन्दसँग सरकार हाँक्ने उद्देश्यले प्रधानमन्त्रीले संसद विघटनको गलत निर्णय गर्नुभएको हो । कानुन र संविधानले नमिलेपनि सरकारले यसबीच अधिकांश संवैधानिक अंगमा नियुक्ति गर्ने सम्भावना देखिएको छ । गतसाता संवैधानिक परिषद्को बैठकले गरेको भनिएको नियुक्तिलाई अब ब्युँताउनसक्ने स्रोतको दाबी छ ।

संसद विघटनको सिफारिशलाई लिएर सर्वोच्चमा मुद्दा पर्ने निश्चित् छ । आजको संसद विघटनको सिफारिशलाई यसअघिका तीनवटा नजिरसँग गाँसेर हेर्नुुपर्ने एकथरिको भनाई छ । तर अर्काथरिले भने हालको संविधानमा बहुमतप्राप्त सरकारका प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने व्यवस्था रहेकोतर्फ जोड दिएका छन् ।

पाँच वर्षको लागि स्थायी सरकार चलाउने म्याण्डेट दिइएका प्रधानमन्त्रीले मैले सकिन बाबा भन्दै हात उठाउनुभएको छ ।

गत मंगलबार संसद आह्वानको लागि शीतल निवासमा लगिएको निवेदन दर्ता भएको अवस्था थियो भने प्रधानमन्त्रीको आजको सिफारिश बदर हुने सम्भावना बलियो रहन्थ्यो ।यही बुझेर बालुवाटारले ‘ग्राण्ड डिजाइन’ का साथ फिर्ता लिन लगायो । तर,त्यहि सहमतिबमोजिमको अध्यादेश फिर्ता गर्ने काम नहुँदै आज प्रधानमन्त्रीले संसद विघटनको सिफारिश गरिदिनुभएको छ । रास्ट्रपतिले ल्याप्चे लगाइदिनुभयो । बिधिवत सँसद बिघटित । अहिलेलाई अर्को चुनाव बैशाख १७ र २७ गते हुनेगरी निर्धारित ।

प्रधानमन्त्रीको पछिल्लो कदम नेपाली काँग्रेस र विपक्षीहरूको लागि ‘भाग्योदय चिठ्ठा’ भएको विश्लेषकहरूले बताएका छन् । उनीहरूका अनुसार पाँच वर्षको लागि स्थायी सरकार चलाउने म्याण्डेट दिइएका प्रधानमन्त्रीले मैले सकिन बाबा भन्दै हात उठाउनुभएको छ । ‘आफ्नो दलले बहुमत नल्याउने र सहीद हुने भएकाले तिमीहरू शासन गर’ भन्नु राजनीतिक हिसाबले प्रतिपक्षीहरूको लागि सुनौलो अवसर हो ।  

प्रमुख विपक्षीलगायत अन्य प्रतिपक्षीहरूले बुद्धिमतापूर्वक निर्वाचनमा भिडेको अवस्थामा सत्तारुढ दल नेकपाको हालत दयनीय हुने बताउन थालिएको छ । राजनीति र सत्ताको उन्माद्मा प्रधानमन्त्रीले चाल्नु भएको संसद विघटनको सिफारिशले मधेशवादीलगायतका दलहरूलाई सबैभन्दा बढी फाइदा पुग्ने सम्भावनालाई बढाइदिएको छ ।

टिप्पणीहरू