निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

सँसद विघटनलगत्तै निर्वाचनको तयारीका निम्ति निर्देशन दिन प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरुलाई अहिले बालुवाटार बोलाउनुभएको छ ।

उता अध्यादेश जारी गरेलगत्तै त्यसैको आडमा बसेको प्रधानमन्त्री,प्रधानन्यायाधीश र रास्टृय सभा अध्यक्षसहितको बैठकले गतहप्ता सुटुक्क रिक्त पैतालिस वटै निकायमा गरेको नियुक्तिसम्बन्धी जानकारीपत्र पनि भर्खर जानकारीको निम्ति सँसद सचिवालय पुगेको छ । प्रतिनिधि सभा विघटन भैसकेकोले सँसदीय सुनुवाइ प्रक्रिया पार गर्न नपर्ने हुँदा अब लामो समयदेखि रोकिएको काम फत्त्ये भएकोमा प्रधानमन्त्री खुशी हुनुभएको बालुवाटार श्रोतको दावी छ ।

यसैवीच अघि दिउँसोसम्म प्रधानमन्त्रीको कदमप्रति “पर्ख र हेर”को स्थितिमा रहनुभएका नेकपा उपाध्यक्ष वामदेव गौतमले सँसद विघटनको निन्दा र भर्त्सनासहित बक्तव्य जारी गर्नुभएको छ ।

टिप्पणीहरू