प्रधानमन्त्रीबिरुध्द १०:५० मै अविश्वास दर्ता, सात मन्त्रीले छाडे सत्ता

प्रधानमन्त्रीबिरुध्द १०:५० मै अविश्वास दर्ता, सात मन्त्रीले छाडे सत्ता

प्रधानमन्त्री केपी ओलीबिरुध्द सँसद सचिवालयमा आज बिहान १०:५० बजे अविश्वास प्रस्ताव दर्ता भएको निकै बेरमा प्रधानमन्त्रीले सँसद विघटनको सिफारिस लगेको र रास्ट्रपतिले स्वीकृत गरेको खुलेको छ ।

यीलगायतका यावत आकस्मिक घटनाक्रमसङ्गै नेकपाको पूर्व माओवादी र एमाले दुबै घटकका गरी सात जना मन्त्रीले केपी ओली नेतृत्वको चुनावी सरकारबाट राजीनामा दिएका छन् ।

भर्खर सार्वजनिक राजीनामापत्रमा गृहमन्त्री रामबहादुर थापा “बादल”, उध्योग मन्त्री लेखराज भट्टको नाम छैन । स्वेच्छाले पदत्याग गर्नेहरुमा गिरिराजमणि पोख्रेल (शिक्षा), घनश्याम भुसाल (कृषि), बर्षमान पुन (उर्जा), शक्ति बस्नेत (बन) योगेश भट्टराई (पर्यटन), रामेश्वर राय यादव (श्रम) र बीना मगर (खानेपानी) छन् ।

टिप्पणीहरू