ओलीलाई कार्वाही गर्ने बैठकमा को-को अनुपस्थित ?

ओलीलाई कार्वाही गर्ने बैठकमा को-को अनुपस्थित ?

प्रधानमन्त्री केपी ओलीले चालेको कदमलाई असंवैधानिक र निरंकुश ठहर्याउँदै नेकपा स्थायी कमिटीको बहुमतले भर्त्सना गरेको छ ।

४२ मध्ये २७ जनाको उपस्थितिवीच प्रधानमन्त्री निवास बालुवाटारमै बसेको बैठकबाट ओलीलाई अनुशासनको कारवाही गर्ने,यसका लागि पर्सि पुस ७ गते केन्द्रीय कमिटी,भोलि १ बजे बानेश्वरमा सँसदीय दलको बैठक र भोलि नै ३ बजे स्थायी कमिटीको बैठक बस्ने निधो भएको छ ।

बैठकको शुरुमा टोपबहादुर रायमाझी देखा परे पनि तुरुन्तै निस्केर गएको बताइन्छ । मणि थापा देखै पर्नुभएन भने प्रधानमन्त्रीको कदमबिरुध्द एकछिन अगाडि बिज्ञप्ति निकाल्नुभएका उपाध्यक्ष वामदेव गौतम, महासचिव बिष्णु पौडेलसहित ओलीनिकट बाह्र भाइ सदस्य पृथ्वीसुब्बा गुरुङ्ग, किरण गुरुङ्ग, रघुवीर महासेठ, सत्यनारायण मण्डल, छविलाल बिश्वकर्मा, प्रदीप ज्ञवालीहरु पनि सामेल हुनुभएन । राजीनामा नदिई बस्नुभएका गृहमन्त्री बादल र उध्योग मन्त्री लेखराज भट्टसमेत अनुपस्थित हुनेमा पर्नुहुन्छ ।

टिप्पणीहरू