साउदीमा आउन-जान बन्द

साउदीमा आउन-जान बन्द

साउदी अरबको आन्तरिक मन्त्रालयले आजबाट लागू हुने गरी एक साताको लागि सम्पूर्ण अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । कोभिड–१९ संक्रमण नियन्त्रणको लागि त्यहाँको उडानमा रोक लगाइएको बताइएको छ ।

रियादस्थित नेपाली दूतावासका अनुसार साउदीले स्थलमार्गबाट हुने आवागमनमा पनि रोक लगाएको छ । नागरिकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानीस्वरूप चालिएको उक्त कदम आवश्यकतानुसार लम्बिनसक्ने छ । त्यसैगरी,साउदी सरकारले मुलुकभर ५० जना भन्दाबढी व्यक्ति एकै ठाउँमा भेला हुनसमेत प्रतिबन्ध लगाएको छ । उक्त आदेश उल्लंघन गर्नेलाई १५ हजार साउदी रियाल अर्थात् ४ लाख ६५ हजार भन्दा बढी नेपाली रूपैयाँ जरिवाना हुनसक्छ ।

साउदी अरेबिया नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकहरूमध्येको एक हो । हाल त्यहाँ तीन लाख भन्दाबढी नेपाली श्रमिक रहेको बताइन्छ । काठमाडौंसँग साउदी अरेबियाको रियाद र दमामबाट सोझो अन्तर्राष्ट्रिय उडान हुने गरेको छ ।

टिप्पणीहरू