दलको बैठकमा भागबण्डाको कुरा
आज दिउँसो नेपाल कम्युनिष्ट पार्टी,नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका नेताहरूबीच भएको बैठकले प्रतिनिधि सभाको असंवैधानिक विघटनलाई अलोकतान्त्रिक भन्दै उक्त कार्यको बिरोध गर्नेमा सहमति जनाएको छ । साथै,बैठकले संसद बिघटनको बिरोधमा आयोजना गरिने कार्यक्रमवारे तीन वटै दलको केन्द्रीय समितिमा आवश्यक छलफल र निर्णय गर्ने समझदारीसमेत गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालय,सानेपामा भएको बैठकमा नेकपाको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,वरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल,प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत सात जना,काँग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवा,नेता रामचन्द्र पौडेल,उपसभापति विमलेन्द्र निधीलगायत आठ जना र जनता समाजवादी पार्टीको तर्फबाट अध्यक्ष महन्थ ठाकुरलगायत पाँच जना नेता सहभागी हुनुहुन्थ्यो ।
बैठकमा जनता समाजवादी पार्टीका शरदसिंह भण्डारीले देउवामाथि ओलीसङ्ग साँठगाँठ मिलाएर संबैधानिक नियुक्तिमा भागबन्डा गरेकोवारे जिज्ञासा राखेका थिए ।
टिप्पणीहरू