काँक्रोको चिराजस्तै टुक्रियो नेकपा

काँक्रोको चिराजस्तै टुक्रियो नेकपा

दुई तिहाइको बहुमतसहित पाँच बर्ष सत्ता चलाउने जनादेशप्राप्त देशकै सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी औपचारिक रुपमा बिभाजित भएको छ । बालुवाटारबाट प्रधानमन्त्रीले हजार जनाभन्दा बढिको महाधिवेशन आयोजक समिति भर्खरै घोषणा गर्नुभएको छ । अब उहाँ महाधिवेशन र चुनाव दुबै महाभारतमा प्रवेश गर्न लाग्नुभएको छ । भलै यी दुबै काम समयमै सप्पन्न हुनेमा पर्याप्त आशंका ब्याप्त छ । आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको निम्ति दुर्भाग्यको दिन सावित हुँदैछ ।

आजै एकले अर्कोलाई कार्वाही गर्ने र हस्ताक्षर जुटाएर निर्वाचन आयोग पुग्ने काम फत्ये हुनेछ । आजै प्रधानमन्त्रीले पार्टी अर्को बनाउन फेरि अध्यादेश जारी गराउने पक्का छ । दल बिभाजनका निम्ति पार्टी र सँसदीय दल दुबैतर्फ ४० % अनिवार्य हुनैपर्ने प्रावधानलाई वीचको “र” झिकेर पहिले झैं “वा” बनाउने र ४० लाई ३० मा झार्ने कसरत हो यो । यसो गर्दा ०४८ सालदेखि एमालेले प्रयोग गर्दै आएको चुनाव चिन्ह “सूर्य” बहुमतले नै चलाउने कि त्यसमा पनि आफ्नो दावी पेश गर्ने भन्ने अन्यौल रहन सक्छ । ०५४ मा एमाले फुटेर माले जन्मदा तारा चिन्हले ६ लाख मत पाएको थियो ।

अहिले नेकपाका दुबैथरी नेताहरुलाई घरदैलो गर्दैको भ्याइनभ्याइ छ । प्रचण्ड-माधवहरु भैसेपाटी वामदेव गौतम निवास पुग्नुभएको छ । पूर्व एमालेजस्तै पूर्व माओवादीमा पनि कित्ताकाट शुरु भएको छ । मणि थापा,टोपबहादुर रायमाझी र लेखराज भट्ट स्पष्टत: ओली खेमामा सामेल हुनुभएको छ भने हरिबोल गजुरेल र बादल पूर्व समूहमा रहने सम्भावना देखिएको छ ।

टिप्पणीहरू