सरकार बिरुद्ध नौ विद्यार्थी संगठन एकै ठाउँमा

सरकार बिरुद्ध नौ विद्यार्थी संगठन एकै ठाउँमा

राजधानीमा आज बसेको नौ वटा विद्यार्थी संगठनको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिद्वारा हठात् गरिएको प्रतिनिधि सभा विघटनको घोषणालाई अलोकतान्त्रिक तथा असंवैधानिक ठहर गर्दै उक्त कार्यको भन्र्सना र निन्दा गरेको छ । नेपाली जनताले ठूलो त्याग र बलिदानले ल्याएको लोकतान्त्रिक गणतन्त्र सुनिश्चित हुने गरी जारी गरिएको वर्तमान संविधानलाई निष्प्रभावी बनाउने नियत प्रष्ट देखिएकाले संविधानको रक्षाको लागि सबै विद्यार्थी संगठनबीच सहकार्य गर्ने निर्णय समेत भएको छ ।

नेविसंघका अध्यक्ष राजीव ढुंगाना, अनेरास्ववियूका सह संयोजक रञ्जित तामाङ्ग, राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मनिष मिश्र, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल, अखिल पाँचौंका अध्यक्ष घनश्याम मिश्र, अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल (क्रान्तिकारी) का महासचिव सुन्दर रायमाझी र अखिल नेपाली विद्यार्थी युनियनका सचिवालय सदस्य मनिष भट्टराईले जारी गरेको संयुक्त विज्ञप्तिमा अलोकतान्त्रिक, असंवैधानिक तथा प्रतिगमनलाई सहयोग पुग्ने गरी प्रधानमन्त्रीले चालेको कदम बिरुद्ध देशव्यापी प्रतिरोध गर्न सम्पूर्ण युवा विद्यार्थीलाई आह्वान गरिएको छ ।

टिप्पणीहरू