काभ्रे र धादिङ्गमा ओलीका कमाण्डर को ?

केपी ओलीद्वारा आज केन्द्रीय सदस्यमा मनोनित हुनेमा धादिङबाट पूर्व माननीय भूमि त्रिपाठी,जिल्ला समन्वय समिति प्रमुख जगन्नाथ नेपाल,जिल्ला अध्यक्ष नेत्रराज पौडेल,ज्वालामुखी गाउँपालिकाकाे उपप्रमुख जानुका सिंखडा र पार्टीको पूर्व पर्यटन बिभाग सचिव चन्द्र रिजालसमेत छन् ।

उता काभ्रेबाट गोकुल बास्कोटाका अलावा रामहरि सुवेदी, नारायण पाण्डे, भीम न्यौपाने, धुलिखेलका मेयर अशोककुमार व्यञ्जु, डा.अम्बुभवानी कार्की, रिता ढकाल (धरिना), चन्द्र लामा, नविना लामा, रुक्मनी थापा ‘अस्मिता’, कुमार खकुरेल र कुमार थापा ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटीमा परेका छन् ।

टिप्पणीहरू