बाँकी रह्यो वामदेवको कुरा

बाँकी रह्यो वामदेवको कुरा

नेकपाको आज बबरमहलमा बसेको केन्द्रीय समिति बैठकमा ३ सय १५ जना सदस्यको उपस्थिति रहँदा उपाध्यक्ष वामदेव गौतमनिकट भनिएका झण्डै २० जनामध्ये गणेश ठगुन्ना,भुपेन्द्रबहादुर र हरि पराजुलीको उपस्थिति कतै पनि देखिएन । बाजुराका लालबहादुर थापा भने बालुवाटार पुग्नुभयो ।

केशवलाल श्रेष्ठ,लालबहादुर विश्वकर्मा,शारदा सुवेदी,उमा कोइराला,बलराम बास्कोटा,सावित्रा भुसाललगायत झण्डै एक दर्जनले बबरमहलमा उपस्थिति जनाउनुभयो । कुनै गुटतिर नलाग्ने भन्दै केही दिनदेखि घरमै बस्नुभएका गौतमले आफू निकटहरूसँग नयाँ पार्टी गठन गर्ने प्रस्ताव गरेपनि सबैले उल्टो दिशामा नहिँड्न सुझाव दिएका छन् ।

टिप्पणीहरू