गोपाल बुढाथोकीले केन्द्रीय सदस्य बस्न मानेनन्

गोपाल बुढाथोकीले केन्द्रीय सदस्य बस्न मानेनन्

झापाका प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीले आफूलाई नसोधी बालुवाटारले केन्द्रीय सदस्य बनाएकोमा आपत्ति जनाएका छन् ।

‘मलाई कसैले राखौं कि नराखौं भनेर एक शब्द सोधेको छैन,’ बुढाथोकीका अनुसार ‘एघार सयको भीडमा, विभाजित र ध्वस्त बनाइएको कम्युनिस्ट पार्टीमा मलाई राख्नुको अर्थ बुझ्दिन ।’

आज ओलीपक्षीय नेकपाको केन्द्रीय समिति बैठकले एकतापछि निर्मित ४४५ जनाको केन्द्रीय समितिमा ५५६ जना थप्ने निर्णय गरेको छ । जसमा प्रदेश सांसद् बुढाथोकीसहित १९ जना झापाबाट थपिएका छन् ।

यी गोपाल प्रदेश नम्बर १ का सभासद (झापाली) हुन्,प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष तथा साँघु साप्ताहिकका पूर्व सम्पादक हैनन् ।

यसैवीच प्रदेश १ सरकारकी सामाजिक विकास राज्य मन्त्री जसमायाँ गजमेरले पनि बालुवाटारको केन्द्रीय सदस्य बन्न अस्वीकार गरेकी छन् ।

टिप्पणीहरू