रात लामो हुँदा सोच छोटो हुने !
पृथ्वीको उत्तरी गोलार्धमा आजको दिन सबैभन्दा छोटो र रात सबैभन्दा लामो हुनेछ । डिसेम्बर २२ को रातलाई सबैभन्दा लामो रात मानिएको छ । तर, दक्षिणी गोलार्धमा रहेका अष्ट्रेलिया, दक्षिण अमेरिका तथा अफ्रिका महादेशका दक्षिणी भूभागमा भने आजको रात सबैभन्दा छोटो मानिन्छ । किनभने यता हिउँद हुँदा त्यता उखरमाउलो गर्मी हुन्छ ।
आजको दिन शनि र वृहस्पतिको खगोलीय भेट हुने खगोलशास्त्रीहरू बताउँछन् । खगोलशास्त्रका अनुसार ‘यस्तो संयोग हुँदा देशको शासकीय मूलीको बुद्धिमा ग्रहण लाग्न सक्छ ।’ शनिको अर्थ ग्रहण हो भने बृहस्पति ग्रह बुद्धिस्थानको मालिक हो ।
टिप्पणीहरू