.‘म योग्य पात्र होइन’ : गगन

.‘म योग्य पात्र होइन’ : गगन

नेकपा (ओली समूह) ले मंगलबार घोषणा गरेको १ हजार १ सय ९९ जनाको केन्द्रीय समिति तथा महाधिवेशन आयोजक समिति सदस्यमा राखिएको भनिएका धेरैले असहमति जनाएका छन् । त्यहि क्रममा गुल्मीका गगन बिष्टले पनि हिजो साँझ सामाजिक सञ्जालमार्फत् उक्त पद अस्वीकार गरेका छन् । उनले लेखेका छन् ‘दुर्भाग्यपूर्ण अवस्थामा बधाई खाने म योग्य पात्र होइन ।’

पूर्व एमाले निकट प्रेस चौतारीका पूर्व अध्यक्ष रहिसकेका बिष्टसँग आवश्यक सोधनी नै नगरी बालुवाटारले आफ्नो केन्द्रीय सदस्यमा मनोनयन गरेको बताइन्छ । उनी नेकपा स्थायी समिति सदस्य तथा पूर्व मन्त्री गोकर्ण विष्टका भाइ हुन् । दाजु नेकपा (बहुमत) तर्फ आबद्ध छन् ।

यसअघि झापाका प्रदेशसभा सदस्य गोपाल बुढाथोकी र प्रदेश १ की राज्यमन्त्री जसमायाले पनि हिजै बेलुका नयाँ केन्द्रीय सदस्य अस्वीकार गरेका थिए ।

टिप्पणीहरू