कतै नियुक्ति अस्वीकार, कतै कार्यालयमै प्रहार

कतै नियुक्ति अस्वीकार, कतै कार्यालयमै प्रहार

प्रधानमन्त्री केपी शर्मा ओलीले विना जानकारी र सोधनी बालुवाटार समूहको केन्द्रीय समितिमा राखेको भन्दै हालसम्म २३ जनाले उक्त पद अस्वीकार गरेको बताएका छन् । यसरी सार्वजनिक रूपमा अस्वीकार घोषणा गर्नेहरूमा ताप्लेजुङ्गका डम्बरध्वज तुम्बाहाम्फे,झापाका गोपाल बुढाथोकी, नवलपरासीका बृहस्पति अधिकारी हुन् ।

त्यसैगरी प्रदेश १ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, कटारी नगरपालिका उदयपुरका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, नेकपा बारा जिल्ला सचिव सुन्दर बिक, नेकपा प्रदेश १ सदस्य कमलेश झा, लुम्बिनी प्रदेश सदस्य भगवती भण्डारी, प्रदेशसभा सदस्य अमरबहादुर डाँगी र तिलोत्तमा नगरपालिका उपप्रमुख जागेश्वरीदेवी चौधरीले पनि नेकपा (ओली समूह) को केन्द्रीय सदस्यमा आफू नरहेको बताएका छन् ।

नेकपा दाङ्गका अध्यक्ष टिकाराम खडका,रुपन्देहीका नेत्र पन्थी र नन्दकिशोर ढकाल,पाल्पाका देवी बस्याल,मेयर अशोक शाही र कमल श्रेष्ठ,अछामका यज्ञ बोगटी र भैरे कामी,बारा प्रदेश सदस्य कल्याणी चौधरी,खोटाङ्ग जिल्ला सचिव राम दंगाल,गुल्मीका गगन विष्ट र नेकपा प्रदेश नं.२ कमिटी सदस्य केशव ढुंगाना,शेषमणि आचार्य -तनहुँ र कला घले -उदयपुर,प्रदेश सांसदले पनि आफूहरु ओली समूहको केन्द्रीय समितिमा नरहेको जानकारी गराएका छन् ।

यसैबीच बुधबार पूर्वी नवलपरासीको गैंडाकोट नगर कमिटीमा नेकपा (बहुमत) ले आयोजना गरेको कार्यक्रम ओली समूहले बिथोलेको छ भने ठाउँ ठाउँमा पार्टी कार्यालय कब्जा गर्ने,ताला लाउने,हातपात गर्ने क्रम पनि दुबै पक्षबाट जारी छ ।

टिप्पणीहरू