पन्ध्र जना इञ्चार्ज एकातिर

पन्ध्र जना इञ्चार्ज एकातिर

नेकपाको १ नं. प्रदेशका जिल्ला इञ्चार्जहरूले आफू पार्टीको मूलधारमा दृढतापूर्वक उभिएको बताउँदै फुटपरस्त, गैरकम्युनिष्ट र परिवर्तन बिरोधी गतिबिधिहरूबाट भ्रमित नभई नेपालको कम्युनिष्ट आन्दोलन र नेकपाको सुदृढ एकताको पक्षमा लाग्न सबैलाई अनुरोध गरेका छन् । आज जारी विज्ञप्तिमा नेपालको संविधान, कानुन, जनमत र जनभावनाको बिरुद्ध लोकतान्त्रिक मूल्यमान्यता समेतको उल्लंघन हुनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपतिद्वारा गैरसंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा विघटनको कथित घोषणा अलोकतान्त्रिक, प्रतिगामी र निरंकुश रहेको व्यहोरा उल्लेख छ ।

विज्ञप्ति जारी गर्ने जिल्ला इञ्चार्जहरूमा ताप्लेजुङ्गका भास्कर काफ्ले,पाँचथरका इन्द्रबहादुर आङ्बो, इलामका धिरेन्द्र शर्मा, झापाका रबिन कोइराला, मोरङ्गका घनेन्द्र बस्नेत, सुनसरीका धर्मराज निरौला र धनकुटाका हेमराज भण्डारी रहेका छन् । त्यसैगरी तेह्रथुमकी जयन्ती राई, संखुवासभाका राजेन्द्र राई, भोजपुरका सुदन किराँती,सोलुखुम्बुका हेमकुमार राई, ओखलढुंगाका यज्ञराज सुनुवार, उदयपुरका बलदेव चौधरी, बिराटनगर महानगरका शिवकुमार मण्डल र खोटाङ्गकी समिता कार्की छन् ।

टिप्पणीहरू