संबैधानिक इजलासमा फरक न्यायाधीश

संबैधानिक इजलासमा फरक न्यायाधीश

प्रधान न्यायाधीश चोलेन्द्र समशेरले प्रतिनिधिसभा विघटनबिरुध्द परेका एक दर्जन रिटउपर आजदेखि सुनुवाइ थाल्न आफ्नो नेतृत्वमा नयाँ संबैधानिक इजलास गठन गर्नुभएको छ ।

यसअघि वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्दा त्यसलाई बदर गराउन परेको मुध्दा हेर्ने दोश्रो वरियताका दीपककुमार कार्की र बहुमतको फैसला (वामदेवका निम्ति बाटो खोलिदिने) बिरुध्द राय बझाउने इश्वर खतिवडालाई यसपटक दोहोर्याइएको छैन ।

प्रधानन्यायाधीश हुने रोलक्रमका हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ यो पटकको इजलासमा पनि हुनुहुन्छ । पहिले ओखलढुंगा र पछि सिराहा घर भएका कार्की नेपाल बारका पूर्व अध्यक्ष र बिद्यार्थी जीवनदेखि नै नेकपानिकट हुनुहुन्छ ।

भरतपुर महानगरपालिकामा मेयरको चुनावताका घटित मतपत्र च्यातिएको प्रकरणमा आफ्नो दलीय आवध्दता नहेरी आदेश दिएर न्यायिक निष्पक्षता दिएको श्रेय उहाँलाई जान्छ । श्रेष्ठलाई पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ निकट मानिन्छ । अनिलकुमार सिन्हा कतैबाट प्रभावित नभई न्याय अन्याय हेर्ने न्यायाधीशमध्येमा गनिनुहुन्छ भने तेजबहादुर केसीलाई हरेक प्रधान न्यायाधीशले बिश्वासमा लिने गरेको पाइन्छ ।

टिप्पणीहरू