विघटनविरुद्ध नगर प्रमुख

विघटनविरुद्ध नगर प्रमुख

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र जनभावना विपरीत गर्नुभएको सार्वभौम प्रतिनिधिसभा बिघटनले लोकतन्त्रलाई गम्भीर आघात पुर्याएको ठहर गर्नुभएको छ ।

प्रधानमन्त्रीको गैरसंवैधानिक कदमले मुलुकमा राजनीतिक अस्थिरताको पुनरावृत्ति गरेको र आमजनतामा निराशा छाएको भन्दै जारी विज्ञप्तिमा विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गरिएको छ । तिलोत्तमा नगरपालिका नेकपा (ओली समूह) का महासचिव विष्णु पौडेल र भर्खर राजीनामा दिएका कृषि मन्त्री घनश्याम भुसालको तानातान हुने क्षेत्रमा पर्छ ।

टिप्पणीहरू