सँघीयतामाथि संकट, मुख्यमन्त्रीविरुद्ध अविश्वास
नेकपा विवादको असर न्यायालय,निर्वाचन आयोगदेखि प्रदेश सरकारसम्म पुगेको छ । अहिले भर्खरै ४५ जना प्रदेश सभासदको हस्ताक्षरमा बाग्मती (तीन नम्बर) प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ भने तीन मन्त्री शालिकराम जमर्कट्टेल,अरुण नेपाल र युवराज दुलालले राजीनामा पेश गरेका छन् ।
प्रदेशमा आफू पक्षका मुख्यमन्त्रीहरुलाई चलाए सबैतिर विघटन गर्ने प्रधानमन्त्रीले अस्ति उद्घोष गर्नुभएको थियो । मुलुकका सातमध्ये दुई नम्बर (मधेस) बाहेक छ प्रदेशमा नेकपाको सरकार छ । जसमा चार केपी ओली र दुई प्रचण्ड समर्थक मुख्यमन्त्री छन् ।
टिप्पणीहरू