दलबहादुरले छाडे केपीको साथ
प्रसिध्द अन्नपूर्ण पदमार्गका पर्यटन ब्यवसायी,धम्पुस निवासी दलबहादुर गुरुङ्गले केपी नेतृत्वकाे नेकपाले जिल्लाबाट एकैचोटि प्रदेश पनि नटेकाई सीधै दिएको केन्द्रीय सदस्य अस्वीकार गरेका छन् ।
उनी अघिल्लो निर्वाचनअघिसम्म राप्रपामै थिए,जसलाई हाल रास्ट्रपति तथा तत्कालीन एमाले उपाध्यक्ष बिध्या भण्डारीले धम्पुस गएको बेला टीका लगाएर पार्टी प्रवेश गराउनुभएको थियो ।
नवाैं महाधिवेशनपछि उनी जिल्ला सदस्य रहँदै आएका छन् । पञ्चायत र बहुदलकालमा गरी उनले तीन पटक प्रधानपन्च र गाविस अध्यक्ष चलाएका हुन् ।
टिप्पणीहरू