चुनावमा होमिन गोकुलको आह्वान

चुनावमा होमिन गोकुलको आह्वान

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा उपस्थित नेकपा काभ्रे जिल्ला कमिटीको हिजो बसेको दोस्रो पूर्ण बैठकले नयाँ जनादेशको लागि प्रतिनिधिसभा विघटन गरी चुनावमा जाने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयको स्वागत गर्दै सबैलाई त्यतैतिर केन्द्रित हुन आह्वान गरेको छ ।

पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज गोकुल बाँस्कोटाको अध्यक्षतामा बसेको बैठकमा कमिटीका बहुमत सदस्यहरूको उपस्थिति रहेको अशोक ब्याञ्जुद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

बैठकले जिल्लाबाट नेकपा (ओली समूह) को केन्द्रीय सदस्यमा मनोनित १४ जनालाई बधाई दिँदै धुलिखेलका मेयर अशोक ब्याञ्जुलाई जिल्ला कमिटीको अध्यक्ष र सचिवमा नारायण पाण्डेलाई जिम्मेवारी दिने निर्णयसमेत गरेको छ । यसअघि त्यहाँको अध्यक्ष रुकु चौलागाईं र सचिव टोकबहादुर वाइवा थिए ।

प्रचण्ड-नेपाल खेमातिर लागेको भन्दै उनीहरूलाई निकालेर नयाँ नेतृत्व छानिएको हो । विज्ञप्तिमा ‘पार्टी एकताको भावना र विधानविपरित गुटबन्दी गरी बहुमत र अल्पमतको आधारमा आफ्नै पार्टी नेतृत्वको जननिर्वाचित बहुमतको सरकार ढाल्न पार्टीभित्रैबाट अविश्वासको प्रस्ताव दर्ता गर्ने कार्यप्रति खेद व्यक्त गर्दछ’ भनिएको छ ।

टिप्पणीहरू