पेरिसडाँडामा महिला भेला,लक्की पनि सामेल
नेकपा (बहुमत) को जनवर्गीय संगठन अखिल नेपाल महिला संघको भेला शुरु भएको छ । भेला पार्टी मुख्यालय पेरिसडाँडामा जारी छ । जसमा अस्ट्रेलियाबाट वीचैमा फर्काइएकी राजदूत लक्की शेर्पा पनि सामेल छिन् ।
संसद विघटनबिरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको नेकपा (बहुमत) ले दोस्रो चरणको कार्यक्रमअन्तर्गत जनवर्गीय संगठनहरूको बैठक र भेला आयोजना गर्न थालेको हो ।
भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल,वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको सहभागीहरूले बताएका छन् ।
प्रधानमन्त्रीको असंवैधानिक कदमबिरुद्ध नेकपाले अस्ति मात्रै पहिलो चरणको आन्दोलन सम्पन्न गरेको छ । नेकपाको ओली समूहले पनि हिजो आफू निकट महिला भेला गरेको थियो ।
टिप्पणीहरू