वामदेवको नयाँ एकता समिति घोषणा हुँदै

वामदेवको नयाँ एकता समिति घोषणा हुँदै

नेकपामा लगभग विभाजनको औपचारिक घोषणाको अवस्था मात्र बाँकी रहेको स्थिति देखिँदा पनि उपाध्यक्ष वामदेव गौतमले भने आफूलाई आजसम्म न बालुवाटार,न खुमलटारको कित्तामा राख्नुभएको छ । उहाँले किन स्पष्ट कित्ता नसमाउनु भएको होला भनेर जिज्ञासा राख्दा गौतम निकट एकजना नेता भन्छन् ‘उहाँ पार्टी एकता अभियानमा सक्रिय हुनुभएको छ । अहिले त्यहि अभियान चलाउनु भएकोले हुनसक्छ ।’

कानुनले दुई वटा दल मिलेको (एकीकरण भएको) पाँच वर्षसम्म विघटन हुन पाईंदैन भनेको छ ।

पार्टी एकता अभियान सञ्चालन गर्नुपर्नाको कारण खुलाउँदै ती नेताले भने ‘कानुनले नेकपालाई फुट्न दिँदैन । जतिसुकै बुर्रबुर्र गरेपनि बालुवाटार र खुमलटारको चाहना र प्रयास सफल हुँदैन । त्यसैले पार्टी फुटाउन चाहनेहरूको अभियान व्यवहारमा उत्रिँदैन ।’ उनका अनुसार कानुनले दुई वटा दल मिलेको (एकीकरण भएको) पाँच वर्षसम्म विघटन हुन पाईंदैन भनेको छ ।

पाँच वर्षसम्म दल विभाजन गर्न नपाइने कानुनी व्यवस्थालाई टेकेर नै नेकपालाई अझैपनि एकीकृत बनाइराख्ने अभियानमा गौतम र  केही कमरेड कम्मर कसेर लागेको बताइन्छ । अरुले माने पनि नमाने पनि एकता समिति अभियान यो साताभित्रै घोषणा गर्ने स्रोतले दाबी गरेको छ ।

टिप्पणीहरू