नेकपा विभाजन रोक्न प्रचण्ड बिदेशी गुहार्दै: नवभारत टाइम्स

नेकपा विभाजन रोक्न प्रचण्ड बिदेशी गुहार्दै: नवभारत टाइम्स

भारतीय सञ्चार माध्यमहरूले विभिन्न हवाला दिँदै नेपालको राजनीतिक घटनाक्रमलाई अर्कै हिसाबले प्रचार प्रसार गर्ने गरेका छन् । त्यहि क्रममा पछिल्लो पटक नवभारत टाइम्सले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई उद्धृत गर्दै नेकपामा आउन खोजेको विभाजन रोक्न भारतलगायत युरोपेली मुलुक र अमेरिकासँग सहयोग माग्नुभएको समाचार प्रकाशित गरेको छ ।

नवभारतले अध्यक्ष प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटालगायत पार्टीका शीर्ष नेताहरूसँग गर्नुभएको भेटमा विभाजन रोक्ने उपाय पत्ता नलागेपछि भारतलगायत पश्चिमा मुलुकसँग सहयोगको लागि हात फैलाउनुभएको सनसनीपूर्ण समाचार छापेको हो ।

समाचारमा नेकपाको विभाजन रोक्ने उद्देश्यले चिनियाँ राष्ट्रपति सि जिनपिङ्गले काठमाडौंमा एउटा उच्चस्तरीय प्रनिनिधिमण्डल पठाएको उल्लेख गर्दै उक्त प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि दाहालले भारतले सँधै नेपालको लोकतान्त्रिक आन्दोलनलाई समर्थन गर्दै आएको धारणा व्यक्त गर्नुभएको समेत लेखेको छ ।

तर, प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको सिफारिश गरेपछि दाहालले राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च अधिकारीहरूसँग कुनै सम्वाद नगर्नु भएको उहाँको सचिवालयले प्रष्ट पारेको छ ।

टिप्पणीहरू