क्याबिनेटको निर्णय खै ?

क्याबिनेटको निर्णय खै ?

सरकारले हरेक सोमबार क्याबिनेटको नियमित बैठक बस्ने र बिहीबार औपचारिक प्रेस भेटघाटमार्फत् निर्णय सार्वजनिक गर्ने परिपाटी बसालेको भनिए तापनि यसबीचमा सञ्चार मन्त्रालयमा हुने गरेको बिहीबारको प्रेस सम्मेलन घटेको छ । मंसिर महिनाको तेस्रो सातादेखि त्यस्तो कार्यक्रम खासै भएको देखिँदैन ।

पुस १० गते क्याबिनेट पुनर्गठनसमेत भएको छ । सोही दिन अबेर बसेको मन्त्रीमण्डल बैठकले राष्ट्रिय सभाको हिउँदे सेसन आह्वानको लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्नेलगायतको निर्णय गरेको थियो । तर,पछिलो तीन सातादेखि नयाँ क्याबिनेटको एउटा र त्यसभन्दा अगाडिको दुई वटा बैठकको निर्णय  सार्वजनिक भएको छैन ।

यसबीच विकसित राजनीतिक घटनाक्रमको कारण क्याबिनेटको निर्णय नै  लुकाइएको हुनसक्ने एकथरिले आशंका गरेका छन् । मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकको निर्णय सरकारले पुस ५ गते संसद विघटनलगत्तै अनौपचारिक माध्यमबाट सार्वजनिक गरेको थियो । प्रत्येक बिहीबार गर्ने गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रेस सम्मेलनको आयोजना गर्न सरकार डराएको होला कि यसबीचमा क्याबिनेट नै नबसेको वा बसेपनि कुनै निर्णय नगरेको होला ?

टिप्पणीहरू