पारसलाई अर्थपूर्ण शुभकामना

पारसलाई अर्थपूर्ण शुभकामना

हिजो पुस १५ गते पूर्व युवराजधिराज पारस शाहको जन्मदिन थियो । हिजै धेरैवटा नेपाली चाडपर्वसमेत परेको थियो । नेवार समदायको यो:मरी पुन्ही,गुरूङ्गहरूको तमु ल्होसार,किराँतहरूको उँधौली पर्व र ब्राम्हणहरूमध्ये धेरैको कूलदेवता पूजा हुने धान्य पूर्णिमाको दिन थियो ।

देश र जनतालाई सधैं माया गर्नु ! भावी राजमाता हिमानी सरकारको समाजसेवा काममा सधैं साथ दिइरहनु !

मुलुकबाट राजतन्त्र हटेको पनि झण्डै डेढ दशक भएको छ । पूर्व युवराज मनमौजी जीवन बिताइरहेका छन् । प्रधानमन्त्रीको असंवैधानिक र अलोकतान्त्रिक कदम पछि राजतन्त्र पक्षधरहरूले विभिन्न कार्यक्रम र प्रदर्शनहरूको आयोजना गरिरहेका छन् । त्यहि क्रममा पारसको जन्म दिनको अवसरमा सामाजिक सञ्जालमा पोष्टिएको एउटा भावना अर्थपूर्ण ठानिएको छ ।

अराजक र लठुवा पाराले हिँडेका पारसलाई राजतन्त्र पक्षधरहरूले लेखेको शुभकामना सन्देशमा भनिएको छ ‘सँधै मातापिताले देखाएको बाटोमा हिड्नु ! देश र जनतालाई सधैं माया गर्नु ! भावी राजमाता हिमानी सरकारको समाजसेवा काममा सधैं साथ दिइरहनु ! जन्मदिनको शुभकामना पारस सरकार ! हेप्पी बर्थडे !’

टिप्पणीहरू