होटलबाट महिलासहित समातिए मालपोत अधिकृत

होटलबाट महिलासहित समातिए मालपोत अधिकृत

जिल्ला मालपोत कार्यालय बाँकेका प्रमुख मालपोत अधिकृत महिलासहित नेपालगञ्जको एक होटलबाट पक्राउ परेका छन् ।

नेपालगञ्जस्थित सिद्धार्थ भ्यूमा बिहिबार राति आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीसहित उनलाई प्रहरीले पक्राउ गरेको छ । प्रमुख मालपोत अधिकृत दौल्यालको साथमा होटलमा रहेकी महिलाले प्रहरीमा उजुरी गरेपछि राति नै दौल्याललाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय जमुनाहा स्थित हिरासत कक्षमा राखेको प्रहरीले जनाएको छ ।

जमुनाहामा राखिएका दौल्याललाई हाजिरी जमानतमा आज बिहान छाडेको र १० बजे जिल्ला प्रहरी कार्यालयमा हाजिर भएको प्रहरी स्रोतले बताएको छ । घट्नाका बिषयमा प्रमुख मालपोत अधिकृत दौल्यालले आफूमाथि गलत आरोप लगाएको भन्दै अस्विकार गरेका छन् ।

टिप्पणीहरू