मण्डल पनि बर्खास्त
संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमले निम्त्याएको नेकपाको फुट प्रदेश २ सम्म पुगेको छ। पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसंगै दुई कित्तामा विभाजित नेकपाको बहुमत पक्ष (प्रचण्ड-नेपाल)ले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई वर्खास्तीको तयारी गरेको हो। मण्डल ओली पक्षका हुन्।
शुक्रबार जनकपुरस्थित पार्टी कार्यालयमा आयोजित पत्रकारसम्मेलनमा संसदीय दलका नेता मण्डललाई दलको नेताबाट हटाउने तयारी गरिएको प्रचण्ड–नेपाल पक्षका सांसद शत्रुघन महतोले जानकारी दिए।
प्रदेश २ मा नेकपाको ३२ जना सांसदमध्ये १७ जना सांसदले हस्ताक्षर गरी दलका उपनेता रामकुमार यादवसमक्ष मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइसकिएको सांसद महतोले जानकारी दिए।
नेकपामा आएको फुटले प्रदेश सरकारहरुको भविश्यमाथि प्रश्न उठिरहेको छ। प्रदेश २ बाहेक छ वटा प्रदेशमा नेकपाको एकल बहुमतको सरकार छ। जसमध्ये पूर्वएमालेको भागमा परेको प्रदेश १, बाग्मती,गण्डकी र प्रदेश ५ का मुख्यमन्त्री ओलीपक्षका हुन्। बाग्मती र प्रदेश १ मा यसअघि नै अविश्वासको प्रस्ताव दर्ता भैसकेको छ।
नेकपा (बहुमत)ले प्रदेश १ का संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई र वाग्मती प्रदेशका डोरमणि पौडेललाई दलको नेताबाट बर्खास्त गरिसकेको छ।
केन्द्रमा झन्डै दुई तिहाइ केन्द्रीय सदस्य प्रचण्ड र माधव नेपालतिर लागेपछि रक्षात्मक अवस्थामा पुगेको ओली पक्ष प्रदेश र स्थानीय तहमा पनि कमजोर देखिएको छ।जसका कारण बहुमत पक्षले धमाधम कारवाही र वर्खास्तीगरिरहेका छन्
टिप्पणीहरू