उता बाघले मार्यो, यता बाघ मर्यो

उता बाघले मार्यो, यता बाघ मर्यो

बाँकेको कोहलपुरस्थित अस्पतालबाट उपचार गरी घर फर्किने क्रममा एक जना महिलाको बाघको आक्रमणमा परी मृत्यु भएको छ । कैलालीको लम्किचुहा–४,कौवापुर निवासी नन्दकला थापाको बाघको आक्रमणमा ज्यान गएको हो । अस्पतालबाट उपचारपछि घर फर्कने क्रममा बर्दिया राष्ट्रिय निकुञ्जभित्र थापालाई बाघले झम्टेको बताइन्छ ।

यता,बाराको पथलैयाबाट केहि सय मीटर उत्तरतर्फ पर्सा राष्ट्रिय निकुञ्जभित्र पूर्व पश्चिम राजमार्गमा हिजो दिउँसो सवारी साधनको ठक्करबाट एउटा बयस्क बाघको ज्यान गएको छ । ठक्करपछि बीच सडकमै ढलेको बाघको मुख र टाउकोबाट बगेको रगतले राजमार्ग नै रातो बनेको देखिन्छ ।

टिप्पणीहरू