मन्त्रीको मुध्दा बमकुमारलाई

मन्त्रीको मुध्दा बमकुमारलाई

कामचलाउ सरकारको हैसियतमा पुग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा अघिल्लो शुक्रबार गरिएको क्याबिनेट बिस्तार असंवैधानिक भन्दै दायर भएका रिटहरू सर्वोच्च अदालतको आजको इजलासमा पेश भएका छन् । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा सोसम्बन्धी दुईवटा मुद्दा पेश भएको हो ।

सर्वोच्चको इजलास नं.१० मा रहेको श्रेष्ठको एकल इजलासको क्रमसंख्या ९ मा अधिवक्ता लोकेन्द्रबहादुर ओली र क्रमसंख्या १२ मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई समेत विपक्षी बनाई दायर रिटमा उत्प्रेषणको आदेश माग गर्दै पुनर्गठन बदरको माग गरिएको छ ।

टिप्पणीहरू