श्रीमानलाई कोरोना कि अर्कैको डर !

श्रीमानलाई कोरोना कि अर्कैको डर !

सर्वोच्चमा मुद्दाको खात लाग्न थालेको धेरै भयो । त्यहि क्रममा अहिले संसद विघटन,मन्त्रिपरिषद् पुनरगठन,संवैधानिक परिषद्को बैठक र त्यसले गरेको नियुक्तिको विषयमा धेरैवटा रिट दर्ता भइसकेको छ । प्रतिनिधिसभा विघटनबिरुध्द परेको मुद्दाले सबैभन्दा धेरै चर्चा पाएको छ । यस्तो अवस्थामा  स्वयम् अदालतभित्र न्यायायाधीशहरूको कारण मुद्दाको विषय पेचिलो बन्दै गएको छ ।

यस्तो जटिल समय र मोडमा न्याय दिनुपर्ने न्यायाधीशहरू नै तर्किन थाल्नुभएको बताइन्छ । त्यसको लागि कोरोनाको बहाना अचुक अस्त्र भएको छ । सर्वोच्च स्रोतका अनुसार हिजोसम्म बेञ्चमा सँगै बसेर न्याय निरूपण गरेका न्यायाधीशले भोलिपल्ट सबेरै स्वास्थ्यको कारण अदालतमा उपस्थित हुन नसक्ने जानकारी पठाउने गरेका छन् ।

त्यसरी पठाइने अधिकांश जानकारीमा ‘श्रीमान्, मलाई कोरोना संक्रमण भएजस्तो छ । रुघा, खोकी र ज्वरोको लक्षण देखिएको छ’ भनेको भोलिपल्टतिर कोरोना परीक्षणको रिपोर्ट नै पेश गरेपछि होइन भन्ने अवस्था पनि नरहेको स्रोतको दाबी छ ।

भोलि प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहेका कतिपय श्रीमानहरू भविश्यमा बन्ने वा गिर्ने कुनै सरकारका कारण ती दलले आफूलाई संसदीय सुनुवाईको क्रममा नाक खुम्चाइदिए भने बर्बाद हुने भन्दै विभिन्न बहानामा भागाभाग र तर्किन थालेको बताइन्छ ।

टिप्पणीहरू