पोख्रेल र गुरुङको जिम्मा कसलाई ?

पोख्रेल र गुरुङको जिम्मा कसलाई ?

नेकपा विभाजनकाे असर तलैसम्म पर्न थालेकाे छ । ओली समूहले फटाफट केन्द्रीय सदस्य थप, जिम्मेवारी हेरफेर गरिरहँदा प्रचन्ड- माधव समूहले अर्कोतिरका मुख्य हस्ती लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीहरुलाई दोहोरो जिम्मेवारी अर्थात पार्टी इन्चार्जबाट हटाएकाे छ ।

शंकरको ठाउँमा एमालेका निर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिईएकाे छ । यसैगरी गण्डकीको इन्चार्जसिप बाग्लुङ्गका साँसद देवेन्द्र पाैडेललाई गएकाे छ ।

लुम्बिनी प्रदेशमा सहईन्चार्ज रहेका दलबहादुर राना (पाल्पा) लाई यथावत राखिएको छ भने गण्डकी प्रदेशको सह ईन्चार्ज र प्रदेश कमिटी सचिव समेत परिवर्तन गरिएको छ ।

गण्डकीको सहइन्चार्ज अनेरास्ववियुका पन्चायतकालिन अध्यक्ष तुलबहादुर गुरूङलाई तोकिएको छ भने,प्रदेश सचिवको रुपमा श्रीमाया थकाली (मुस्ताङ्ग) लाई जिम्मेवारी छ ।

यसैवीच चितवनमा ओली पक्षको भेलालाई सम्बाेधन गर्न गृहमन्त्री बादल आउँदा यस्तो बेलुन उडाईएकाे थियो ।

टिप्पणीहरू