बिध्युत लाइन काटिएकोवारे एनसेलको दावी
नेपाल विद्युत प्राधिकरणले अदालतको आदेशको अवहेलना गर्दै एनसेलको पोखरामा रहेको डेटा सेन्टरलाई डेडिकेटेड फिडर लाइन मार्फत प्रदान गर्दै आएको विद्युत आपूर्ति सेवा बन्द गरेकोमा उक्त सस्थाले आफ्नो कुरा प्रस्ट्याएको छ ।
उसको भनाइअनुसार, मिटर जडानमा गडबडी रहेको कारण एनसेलको डेटा सेन्टरमा मिटर जडान भएकै मिति २०६९ साल भाद्र २३ देखि कै छुटबिल कायम भएको भन्दै कम्पनीलाई नेपाल विद्युत प्राधिकरण, लेखनाथ वितरण केन्द्र, पोखराले रु १३ करोड ८० लाख भुक्तानी गर्न ताकेता गरेको हो । आफ्नो ताकेता बमोजिम बिल भुक्तानी नगरेको भन्दै प्राधिकरणले पौष १९ गते बिहानबाट डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द गरेको छ ।
प्राधिकरणले जडान गर्ने मिटर सदा सिल नै रहने भएकोले उपभोक्ताले आफूखुशी मिटरमा तोडमोड गर्न सक्दैन र यो कानुनी रुपमा नै बर्जित हुने एनसेलले स्वीकारेको छ । प्राधिकरणले जारी गरेकै मिटर रिडिङ बिलका आधारमा सेवा शुल्क तिर्दै आएको समेत उसको दावी छ ।
कम्पनीको तर्फबाट कर्पोरेट कम्युनिकेशन र सिएसआर बिभाग प्रमुख बिशाखालक्ष्मी कुँवरले आज जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ (डेटा सेन्टर दूरसञ्चार सेवाको ब्याकबोन अर्थात प्रमुख पूर्वाधारमा पर्दछ र अहिले यो डेटा सेन्टर ब्याकअप पावरबाट संचालनमा रहेको छ । ब्याकअफ पावर विशेष गरी आपतकालिन समयका लागिमात्र प्रयोग हुने भएकाले निश्चित समय भन्दा बढि यसले सेवालाई सुचारु राख्न सक्दैन । विद्युत आपूर्ति नहुँदा डेटा सेन्टरको संचालन बन्द भई उपभोक्ताले अत्यावश्यक दूरसञ्चार सेवाबाट बन्चित हुने खतरा रहन्छ ।
पहिला ६३० केभीएको फिडर लाइन लिएको एनसेलले पछि २०७२ पौषमा प्राधिकरणको अनुमतिपश्चात क्षमता बृद्धि गरी १५०० केभीए पुर्याएको थियो । त्यतिबेला प्राधिकरणको पोखरा कार्यलयले आफ्नै परिसरभित्र जडित मिटर रिप्रोग्रामीङ गरी एनसेल डेटा सेन्टरमा जडान गरिदिएको र मिटरमा कुनै कैफियत नभएको स्पष्ट पारेको अनि गत असारमा पुरानो मिटर बदली गरेको, प्राधिकरणले छुटबिल तिर्न दबाब दिएको, यसबाट डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द भई सेवा प्रवाहमा असर पर्ने जिकिरसहित मंसिर २३ गते कास्की जिल्ला अदालतमा प्राधिकरणको छुटबिल भुक्तानीको निर्णय बदरका लागि अन्तरिम आदेशको माग राख्दै मुद्दा दायर गरिएको,यस प्रकरणमा दुवै पक्षलाई झिकाई बहस हुँदा प्रतिवादी पक्षले लाइन काट्ने, सेवा अवरुद्ध गर्ने कुनै मनसाय नरहेको जिकिर लिई अदालतलाई लाइन नकाट्ने कुरामा आश्वस्त गराएको समेत स्मरण गराइएको छ ।
पौष १६ गते पुनः प्राधिकरणले छुटबिल भुक्तानीका लागि ताकेता गरेपछि भोलिपल्टै यो विषय अदालतमा विचाराधीन रहेको भन्दै पत्राचार गरिएको,अदालतले कुनैपनि आदेशमा उल्लेख गरेको आधार, कारणको विपरित मुद्दाका पक्षले कुनै काम कारवाही गरेमा अदालतको अवहेलना हुने भएकाले विद्युत लाइन नकाट्न एनसेलले प्राधिकरणलाई अनुरोध गरेको, आफ्नो ताकेताअनुसार बिल भुक्तानी नगरेपछि प्राधिकरणले पौष १९ गते आइतबारबाट डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द गरेको, एनसेलले पौष २० गते कास्की अदालतमा पुनः मुद्दा दायर गरेको,अदालतले पौष २१ गते बिध्युत लाइन काटिएकोवारे छलफल गर्न प्राधिकरणलाई सक्कल फाइलसहित ७ दिनको समय तोकी आदेश जारी गरेकोसमेत जनआस्थालाई प्राप्त बिशाखाको पत्रमा उल्लेख छ ।
जनआस्था डट कमले हिजो बेलुका प्राप्त प्रमाणहरुको आधारमा बिध्युतले एनसेल पोखराको लाइन १९ गते बिहान काटेको समाचार लेखेको छ ।
यो पनि हेर्नुहोस् : १३ करोड नतिरेपछि एनसेलमा अन्धकार
टिप्पणीहरू