प्रचण्ड भारतबाट भोलि फर्कने

प्रचण्ड भारतबाट भोलि फर्कने

श्रीमती सीता दाहालको थप उपचारको निम्ति सोमबार नयाँ दिल्ली हुँदै भारतको मुम्बई जानुभएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि शनिबार स्वदेश फर्कनुहुने भएको छ ।

उहाँको हिजो बिहीबार फर्कने कार्यक्रम रहेपनि अस्पतालमा उपचार र कुरुवाको सबै प्रबन्ध मिलाउँदा एक दिन ढिलो भएको स्रोतले बताएको छ ।

लामो समयदेखि वंशाणुगत पार्किन्सस् रोगबाट पीडित सीताको पछिल्लो समय काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । स्वास्थमा खासै सुधार आउन नसकेपछि चिकित्सकको सल्लाहअनुसार केही साताको लागि मुम्बई लगिएको पारिवारिक स्रोतले बताएको छ ।

टिप्पणीहरू