कांग्रेसले आज कहाँ के गर्यो ?

कांग्रेसले आज कहाँ के गर्यो ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा भंगविरुद्ध नेपाली कांग्रेसको पनि आन्दोलन जारी छ । पहिलो चरणको कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलन घोषणा गरेको कांग्रेसले शनिबार मुलुकका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेको छ ।

जसअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ८ प्रदेश (ख) मा क्षेत्रिय सभापति जनक कपालीको अध्यक्षतामा विरोधसभा भएको छ । कार्यक्रममा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत लगायतको उपस्थिति थियो ।
त्यस्तै, क्षेत्र न. ७ प्रदेश (क) को क्षेत्रपाटी चोकमा विरोधसभा गरेको कांग्रेसले बताएको छ । सभामा काठमाडौ क्षेत्र नं. ७ का सभापति तथा वडा नं. १६ का अध्यक्ष मुकुन्द रिजाल,वडा नं. १७ का अध्यक्ष नवीनकुमार मानन्धर, काठमाडौ क्षेत्र न.७ का सचिव भक्तराज भुसाल,वडा नं. २५ का अध्यक्ष निलकाजी शाक्यलगायतको उपस्थिति थियो ।

क्षेत्र नं. १ प्रदेश सभा (क) को बिरोध सभा एभरेस्ट होटल अगाडि नयाँ बानेश्वरमा र प्रदेश सभा (ख) को देउराली क्लब अगाडि गरेको कांग्रेसले जनाएको छ । क्षेत्र नं. २ .प्रदेशसभा (क) को विरोधसभा कान्तिपुर टेलिभिजन अगाडि, प्रदेशसभा (ख) को राधाकृष्ण मन्दिर थली, क्षेत्र नं. ३ प्रदेश सभा (क) को बौद्ध पिपलबोटमा र (ख) को गोकर्णेश्वर,भगवती थानमा भएको छ ।

क्षेत्र नं. ४ प्रदेश सभा (क) को बिरोधसभा चाबहिल स्तुपामा भएको छ भने प्रदेश सभा (ख) को बिरोधसभा ह्याण्डबल ग्राउण्ड कपनमा गरेको बताइएको छ । त्यस्तै क्षेत्र नं. ५ प्रदेशसभा (क) को बिरोधसभा लाजिम्पाटमा गरेको छ भने प्रदेशसभा (ख) को चपलीस्थित ध्रुवतारा स्कूलअगाडि गरेको छ ।

क्षेत्र नं. ६ प्रदेश सभा (क) को बिरोधसभा भृकुटीमण्डपमा र प्रदेश सभा (ख) को बिरोधसभा जाल्पा चोक, टोखामा गरेको कांग्रेसले जनाएको छ । क्षेत्र नं. ९ प्रदेशसभा (क) को बिरोधसभा जैसीदेवलमा आयोजना गरेको कांग्रेसले प्रदेशसभा (ख) को शालिक चोकमा गरेको छ । क्षेत्र नं. १० प्रदेशसभा (क) र (ख) को बिरोधसभा क्रमश: झम्केश्वरी प्राङ्गणमा र थानकोट, इमाखेलमा गरेको जनाइएको छ ।

यता,ललितपुरमा पनि प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले विरोधसभा गरेको छ । जसअनुसार निर्वाचन क्षेत्र नं.१.प्रदेश सभा (क) को बिरोधसभा मोतिचौरमा गरेको छ भने प्रदेशसभा (ख) को विरोधसभा चापागाउँ पुरानो बसपार्कमा गरेको जनाइएको छ । क्षेत्र नं.२.प्रदेशसभा (क) को इमाडोल कृष्ण मन्दिरमा र (ख) को सुन्धारामा गरेको कांग्रेसले जनाएको छ । क्षेत्र नं. ३ (क) को खुमलटारमा विरोधसभा गरेको कांग्रेसले (ख) को नख्खुमा गरेको छ ।
उता, भक्तपुरको क्षेत्र नं. १ प्रदेश सभा (क) को बिरोधसभा चाँगुनारायण नगरपालिका-३ झौखेलमा गरेको कांग्रेसले जनाएको छ । प्रदेश सभा (ख) को दूधपाटीमा गरेको छ । क्षेत्र नं. २ प्रदेश सभा (क) को बिरोधसभा बालकोटमा गरेको छ भने प्रदेश सभा (ख) को बोडे चोकमा गरेको जनाइएको छ ।

वडास्तरसम्मै आन्दोलनको कार्यक्रम तय गरेको कांग्रेसले कांग्रेसले प्रतिनिधिसभा भंग गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी भन्दै संसद पुनर्स्थापनाका लागि आन्दोलनको विकल्प नभएको प्रष्ट पारेको छ ।

टिप्पणीहरू