प्रधानमन्त्रीविरुद्ध दलित संगठन

प्रधानमन्त्रीविरुद्ध दलित संगठन

प्रतिनिधिसभा विघटनबिरुद्ध विभिन्न राजनीतिक दल तथा संघ संगठनहरु आन्दोलित भइरहेको बेला दलित मुक्ति संगठन पनि बिरोध प्रदर्शनमा उत्रिएको छ ।

नाराबाजीसहित ठूलो संख्यामा उपस्थित प्रदर्शनकारीहरुले आइतबार नयाँ बानेश्वरमा कोणसभा गरेका छन् । प्रधानमन्त्रीले संविधानमाथि ‘कू’ गरेर प्रतिगमन निम्त्याएकाले उक्त कदम विरुद्ध विरोध प्रदर्शन गरेको संगठनले जनाएको छ ।

प्रदर्शनकारीहरुले ‘प्रतिगामी षड्यन्त्र मूर्दावाद !’, ‘संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद !’, ‘संसद विघटन गर्न पाइँदैन !’, ‘असंवैधानिक कदम खारेज गर !’ जस्ता नारा लगाएका थिए ।

टिप्पणीहरू