ओलीको ज्यादतिबाट मुक्त हुन निर्वाचन : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुकमा संवैधानिक संकट निम्तिएको बताएका छन् । सँगसँगै उनले ओलीको ज्यादतिबाट मुलुकलाई मुक्त पार्न ताजा जनादेशमा जानुपर्नेसमेत बताए । पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न आज गोर्खा पुगेका थापाले ओली नेतृत्वको सरकारले गरेको ज्यादतिबाट मुक्ति पाउन निर्वाचन नै उत्तम विकल्प भएको बताएका हुन् ।
संसद विघटनबिरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेकाले पक्ष विपक्षमा धारणा राख्न नहुनेमा उनले जोड दिएका थिए । ‘संविधानको व्याख्या गर्ने, संविधानमा रहेको अस्पष्टतालाई निरूपण गर्ने अन्तिम अधिकार सर्वोच्चलाई दिइएको छ’ भन्दै थापाले भने, ‘अहिलेको अस्पष्टताको व्याख्या पनि सर्वोच्चले नै गर्नुपर्छ ।’
राप्रपालाई प्रतिनिधिसभा विघटनको पक्षमा उभिएको आरोप लाग्दै आएको छ ।
टिप्पणीहरू