केन्द्रीय सदस्य फालाफाल

केन्द्रीय सदस्य फालाफाल

केपी ओली नेतृत्वको नेकपामा थप ५५६ जना केन्द्रीय सदस्यमध्ये बागलुङबाट ८ जना मनोनीत भएका छन् । प्रचण्ड र माधव नेपाल खेमाको नेकपामा जानबाट रोक्न केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिए पनि केपी समूहको केन्द्रीय सदस्यमा नबस्ने भनेर युवा नेता हीरा केसी, पूर्वअध्यक्ष श्रीप्रसाद शर्मा र गीता शर्माले अस्वीकार गरेका छन् ।

बागलुङ नगर प्रमुख जनकराज पौडेल, ममतादेवी शर्मा, संविधानसभा सदस्य नरबहादुर थापा, संघीय सांसद सूर्य पाठक र टेकबहादुर केसीलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको गण्डकी प्रदेश सचिव गोविन्द नेपालीले बताए । नेकपा विभाजन भएपछि जिल्लामा पनि त्यसको असर देखिएको छ । जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा, सचिव ज्ञामनाथ गैरेलगायत बहुमत सदस्य प्रचण्ड माधव नेपाल समूहको पक्षमा देखिएपछि ओली समूह पनि मान्छे तान्नमा व्यस्त देखिन्छ ।

संघीय सांसद देवेन्द्र पौडेल प्रचण्ड समूहमा र डाक्टर सूर्य पाठक ओली समूहमा लागेका छन् । प्रदेश सांसद इन्द्रलाल सापकोटा र चन्द्रबहादुर बुढा प्रचण्ड समूहमा छन् भने दुई जना प्रदेश सांसद राजमोका छन् । एक जना प्रदेश सांसद सावित्रा राना भने ओली समूहमा लागेको देखिन्छ । बागलुङ जिल्लामा ७० प्रतिशत प्रचण्ड–माधव समूह र ३० प्रतिशत ओली समूहमा भएको अनुमान गरिएको छ ।

टिप्पणीहरू